स्कोडा सुपर्बको नयाँ भर्सन
नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले सुपर्बको नयाँ भर्सन सार्वजनिक गरेको छ ।
एमएडब्लुले १८०० सीसीको स्कोडा सुपर्बको ‘स्टाइल’ भेरियन्ट सार्वजनिक गरेको हो ।
नयाँ सुपर्बमा २.० टिडीआई÷१३२ किलोवाट (१७७ पीएस)को इन्जिन रहेको छ । त्यस्तै सुपर्बमा मल्टि–कोलिन ब्रेकसहितको इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, इलेक्ट्रिोनिक टायर प्रेसर मोनिटरिङ, आठ वटा एयर ब्याग लगायतका फिचर रहेका छन् ।
स्कोडा सुपर्ब क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, म्याग्नेटिक ब्राउन र बिजनेस ग्रे गरी चार रंगमा उपलब्ध छ ।
नेपाली बजारमा यसको मूल्य एक करोड १६ लाख तोकिएको कम्पनीले जनाएको छ ।
स्कोडा एमएडब्लुले सुपर्बमा चार वर्षको अवधि वा एक लाख किलोमिटरसम्म वारेन्टी दिने घोषणाा समेत गरेको छ ।