विश्वकप क्रिकेट छनौट खेल्ने महिला टोली घोषणा (नामावली सहित)
९ अक्टुवरदेखि हङकङमा आयोजना हुने महिला विश्वकप छनौट खेल्ने टोलीको घोषणा गरिएको छ । २७ भदौमा रूबिना क्षेत्रीको कप्तानीमा १८ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको हो ।
क्षेत्री नेतृत्वको टोलीमा नेरी थापा, सिता राना मगर, काजोल श्रेष्ठ, सोभा आले, ज्योती पाण्डे, सरस्वती चौधरी, नीरा राजोपाध्याय, रोशनी बोहरा, सबनम राई, लक्ष्मी चौधरी, संगीता राई, इन्दु बर्मा, अनुराधा चौधरी, रश्मी शर्मा, निर्मला शाही, सरिता मगर र करुणा भण्डारी छन्।
यो टोलीले हङकङ, चीन र थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । यो समूह विजेताले सन् २०१७ मा आयोजना हुने विश्वकप क्रिकेट क्वालिफायर खेल्न पाउने छ ।
राष्ट्रिय महिला टीमको मुख्य प्रशिक्षक राजु बस्नेत छन् । प्रशिक्षक जगत टमटा र विनोद दास पनि सर्पोटिङ टीममा छन् । राम्रो रणनीति बनाएर खेल्नसके नेपालको छनौट संभावना बलियो रहेको प्रशिक्षक टमटाले हिमालखबरलाई जानकारी दिए ।