निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो
निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ ।
आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आयोगका अध्यक्ष कमलनारायण दासले प्रतिवदेन बुझाएका हुन् ।
नेपालको संविधानबमोजिम संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कूल ३९५ क्षेत्रसहितको प्रतिवेदन आयोगले बुझाएको छ ।
सरकारले दासको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो ।