भाइरल ज्वरोका बिरामी बढे
अर्घाखाँचीमा भाइरल ज्वरोका बिरामीको संख्या एक सातामा तीन गुणाले बढेका छन् ।
जिल्लाका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेपछि भूइमै राखेर उपचार हुनथालेको छ । जिल्ला अस्पतालको ओपिडीमा १२० देखि १५० तथा आकस्मिक कक्षमा ५० देखि ७० जनासम्म भाइरल ज्वरोका बिरामी आउन गरेको जिल्ला अस्पतालले जनाएको छ ।
भूइ तथा बेञ्चमा राखेरै भएपनि उपचार भइरहेको अस्पतालका चिकित्कस डा.जगन्नाथ तिवारीले बताए । १५ सैय्याको जिल्ला अस्पतालमा १३ भदौमा भुइ तथा बेञ्चमा गरि ४० जनाको उपचार भइरहेको छ ।
जिल्ला अस्पतालसँगै प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र निजी क्लिनिकहरुमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन् ।
अहिले देखिएको समस्या मौसमी भएको बताउदै डा.तिवारीले माक्स लगाएर हिड्न, साबुन पानीले हात धुन र भीडभाडमा नजान सल्लाह दिएका छन् ।
-प्रेमनारायण आचार्य, अर्घाखाँची