तीन महीनापछि वडाध्यक्षद्वारा शपथ
चितवनको भरतपुर महानगरपालिकाको दुईवटा वडाका विजयी वडाध्यक्षले तीन महीनापछि १२ भदौमा शपथ लिएका छन् ।
मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडा नं। ४ का वडाध्यक्ष हरिप्रसाद आचार्य र वडा नं। ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले शपथ गराएका हुन ।
विजयी दुई वडाध्यक्षविरुद्ध विशेष अदालत पाटनको हेटौंडा इजलासमा परेको रिट निवेदन खारेज भएपछि काम गर्ने बाटो खुलेको हो ।
निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि पुनः निर्वाचनका कारण अन्य पदमा विजयीले केही दिन अघि शपथ लिए पनि दुई वडाध्यक्षले शपथ लिन पाएका थिएनन् ।
यी दुवै वडामा नेकपा ९एमाले०का उम्मेदवार विजयी भए पनि झिनो मतान्तरको हारमा नेपाली काँग्रेसका प्रतिद्वन्द्वीले मत गणनामा त्रुटि भएको आरोपसहित रिट दायर गरेपछि शपथ रोकिएको थियो । वडा नं ४ मा हरिप्रसाद आचार्य सात मत र वडा नं ७ मा राजेन्द्रमणि काफ्ले १४ मत अन्तरले विजयी भएका हुन ।
हेटौँडा इजलासले ८ भदौमा सो रिट खारेज गरेसँगै काम गर्ने बाटो खुलेको हो । रासस