डा.केसीले दिए दश दिनको म्याद
बाढी प्रभावितहरुको उपचार गरिरहेका डा.गोविन्द केसीले आफ्ना माग पुरा गर्न सरकारलाई दश दिनको म्याद दिएका छन् ।
उनले प्रेस विज्ञप्ती जारी गरी २१ भदौसम्म आफ्ना माग पुरा नभए फेरी अनशनमा बस्ने चेतावनी दिएका छन् । उनले काठमाडौं नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन तुरुन्त खारेज गरि त्रिभूवन विश्वविद्यालयले दुरुपयाग गरेको सम्बन्धन, विद्यार्थी भर्ना र शुल्कसम्बन्धी सबै अधिकारहरु आइओएममा फर्काउन माग गरेका छन् ।
तीन बुद्धे मागमा आफूले दिएका सुझाव र माथेमा प्रतिवदेनअनुसार परिमार्जन गरेर चिकित्सा शिक्षा ऐन तत्काल जारी गर्न, त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारलगायत कार्यकारी परिषद्का सदस्यहरुलाई बर्खास्त गरी तत्काल छानविन र कारवाहीको प्रक्रिया अघि बढाउन तथा चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको म्याद तत्काल थपेर काम गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन् ।
तराई-मधेशमा बाढी आएपछि डा.केसीले एघरौं अनशन स्थगित गरेका थिए । अस्पतालबाट डिस्चार्ज भए लगत्त तराईमा पुगेर उपचार गरिरहेका छन् ।