गाउँपालिकालाई खरका छाना मुक्त बनाउन अनुदान दिइने
खरको छाना भएको घरलाई पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले अनुदान दिने भएको छ ।
गाउँपालिकाले खरको छाना विस्थापन गर्ने लक्ष्यका साथ प्रतिघर रु १५ हजारका दरले अनुदानको व्यवस्था गरेको हो ।
गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले रु १५ हजारका दरले २०० घरलाई अनुदानको व्यवस्था गरेको जानकारी दिए ।
गरीबी निवारण कार्यक्रमअन्तर्गत आगामी पाँच वर्षभित्र खरका छाना विस्थापन गर्ने योजना गाउँपालिकाले लिएको छ ।
गरीब र निमुखा परिवारका लागि वर्षेनी खरको छाना लगाउन आर्थिकरुपमा समस्या हुने र घरमा पानी पनि चुहिने समस्या रहेको कार्कीले बताए । रासस