तीन वर्षभित्र सबै स्थानीय तहमा पुस्तकालय
शिक्षा मन्त्रालयले तीन वर्षभित्र सबै स्थानीय तहमा पुस्तकालय स्थापना गर्ने भएको छ ।
मन्त्रालयले पठन संस्कृतिको विकास गर्न देशरका ७५३ वटै स्थानीय तहमा पुस्तकालय स्थापना गर्न लागेको हो ।
शिक्षा मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले आगामी तीन वर्षमा सबै स्थानीय तहमा सुविधासम्पन्न पुस्तकालय स्थापना भइसक्ने जानकारी दिए ।
शिक्षा मन्त्रालयकाअनुसार चालू आर्थिक वर्षमा ३५० स्थानीय तहमा पुस्तकालय बनाउने योजना रहेको छ । जसका लागि मन्त्रालयले प्रति पुस्तकालय रु ६ लाख बजेट विनियोजनसमेत गरेको छ । रासस