यू–१५ साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग भिड्ने
बंगलादेशलाई हराउँदै नेपाल यू–१५ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलमा बंगलादेशलाई ४–२ गोल अन्तरले पराजित गरेको नेपालले फाइनमा भारतको सामना गर्नेछ । यसअघि भुटानलाई ३–० गोलअन्तरले हराउँदै भारत फाइनल पुगिसकेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा ९ भदौमा भएको खेलमा नेपालका आकाश बुढा मगरले २ र ब्रिजेश चौधरीले १ गोल गरे ।
दोस्रो हाफको ६५औं मिनेटमा बंगलादेशका खेलाडीले आत्मघाती गोल गरेपछि नेपालले ३–० को अग्रता बनाउन पुग्यो । खेलको ७२ औं मिनेट र ७३ औं मिनेटमा बंगालदेशले एक एक गोल गरेको थियो ।
त्यसपछि अतिरिक्त समयमा ब्रिजेशले फेरि एक गोल गरेपछि नेपाल ४–२ गोलअन्तरले विजयी भयो । दोस्रो सेमिफाइनल खेल भारत र भुटानबीच हलचोकस्थित एपीएफको खेल मैदानमा भएको थियो । जसमा भारतले भुटानलाई ३–० ले पराजित गर्यो ।
फाइनल खेल ललितपुरस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा ११ भदौमा हुनेछ ।