अब ७७ जिल्ला समन्वय समिति
हालसम्म मुलुकभर ७५ वटा जिल्ला भएपनि जिल्ला समन्वय समिति भने ७७ कायम भएका छन् ।
मन्त्रिपरिषद्को ५ भदौको बैठकले नवलपरासी र रुकुममा दुई/दुई जिल्ला समन्वय समिति बनाउने निर्णय गरेको थियो ।
नेपालको संविधानमा नवलपरासीलाई दाउन्ने पूर्व र पश्चिम तथा रुकुमलाई रुकुम पूर्व र पश्चिम गरी टुक्र्याइएको छ ।
मन्त्रिपरिषद्को निर्णयानुसार निर्वाचन आयोगले यी दुई जिल्लामा चार जिल्ला समन्वय समितिको निर्वाचन गराउने निर्णय गरेको छ ।
त्यस्तै दुबै जिल्लामा चार जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानीय विकास अधिकारीको व्यवस्था गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि आयोगले गरेको छ ।