गगन थापाद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको विषयमा सांसद गगनकुमार थापाले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।
प्रस्तावित चिकित्सा शिक्षा विधेयक र प्रा. डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत त्रिभुवन विश्वविद्यालयले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिइएको भन्दै थापाले आज प्रस्ताव दर्ता गरेका हुन् ।
प्रस्तावमा सांसदद्वय श्यामकुमार श्रेष्ठ र रुक्मिणी चौधरीको समर्थन रहेको छ ।
प्रस्तावमा आधारभूत मापदण्डसमेत पूरा नगरेको काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएर जनस्वास्थ्यमा खेलबाड भएको उल्लेख गर्दै निर्णय तत्काल सच्याउन माग गरिएको छ ।