१६ भदौदेखि ललितपुर मोबाइल एक्स्पो
१६ भदौदेखि ललितपुर लगनखेलस्थित ललितपुर मलमा मोबाइल एक्स्पो हुने भएको छ ।
एक्स्पोमा नेपालमा पाइने सम्पूर्ण ब्राण्डका मोबाइल उपलब्ध हुने आयोजकले जनाएको छ ।
एक्स्पोमा मोबाइल खरिद गर्दा ग्राहकहरुले ५ देखि ७० प्रतिशतसम्म छुट पाउनेछन् । त्यसका साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार राखिएको आयोजकले जानकारी दिएको छ ।
हरेक वर्गका ग्राहकलाई लक्षित गरि एक्स्पोमा रु. ९०० देखि १ लाख ४० हजार सम्मका मोबाइल राखिने आयोजकको भनाइ छ ।
एक्स्पो २६ भदौसम्म चल्नेछ ।