नेपालमा लगानी गर्न प्रधानमन्त्री देउवाको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले ७ भदौ साँझ भारत–नेपाल विजनेश फोरमद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय उद्योगीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।
नेपालले ठूला वैदेशिक लगानीका लागि कानूनी व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले थप सहयोगका लागि सरकार तयार रहेको बताएका थिए ।
नयाँ संविधान लागू भएसँगै देश समृद्धिको मार्गमा अघि बढेकाले लगानीको वातावरण बनेको पनि प्रधानमन्त्री देउवाको भनाइ थियो ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानीको वातावरण बन्दै गएको र सरकारले निजी क्षेत्रको विकासका लागि आवश्यक नीति, वातावरण बनाएको भन्दै नेपालमा संयुक्त लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गरिन । रासस