रौतहटः फेरि खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु
सडक छेउकोे खाल्डोमा डुबेर ४ बालिकाको मृत्यु भएको घटना नसेलाउँदै रौतहटमा फेरि दुई बालिकाको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका– ४ झिटकैयाकी ६ वर्षीया सीताकुमारी साह र उनको ठूलो बुबाका छोरी १२ वर्षीया कौशलकुमारी साहको सडक छेउको पानी भरिएको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
सीता तेजाकी छोरी हुन् भने कौशलकुमारी तेजाका दाजु रामआधारकी छोरी हुन् । बालिकाहरु पानीमा खेल्ने क्रममा खाल्डोमा पुगेर डुबेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताएका छन् । यसअघि २१ साउनमा रौतहटकै गरुडा नजिक चार बालिकाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको थियो ।
सञ्जय मित्र, रौतहट