थप समाचारबुधवार, भाद्र ७, २०७४

धनगढी– अत्तरिया छ लेनको सडक बन्दै

हिमालखबर

कैलालीको धनगढी उपमहानगर मोहना पुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्म छ लेनको सडक निर्माण कार्य शुरु भएको छ ।

सडकको केन्द्र भागदेखि दायाँबायाँ २५ मिटर चौडा बनाइने सडकको काम आगामी दुई वर्षमा सम्पन्न हुनेछ ।

मोहनापुल—अत्तरिया सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले हाल प्रारम्भिक चरणको काम शुरु भएको जानकारी दिए ।

प्रारम्भिक चरणमा रुख कटानी गर्ने, विद्युत् र फोनका खम्बा सार्नेलगायतका काम हुने आयोजनाले जनाएको छ ।

१४.१७ किलोमिटर लामो सडक खण्डको बीचमा ‘ग्रिन वेल्ट‘ र सडकको दायाँबायाँ ‘फुटपाथ’ निर्माण गरिने छ । यो सडक खण्डको लागत रु दुई अर्ब १५ करोड रहेको आयोजनाले जानकारी दिएको छ । रासस

प्रतिकृया दिनुहोस