प्रधानमन्त्री उद्धार कोषमा ग्लोबल आइएमई ब्यांकको ६५ लाख
ग्लोबल आइएमई ब्यांकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
ग्लोबल आइएमई ब्यांकका अध्यक्ष चन्दप्रसाद्र ढकालले उक्त रकमको चेक प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका हुन् ।
कुल रकममध्ये ब्यांकको रु. ५१ लाख तथा कर्मचारीहरुको एक दिनको तलब बराबर १४ लाख गरि कुल ६५ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई हस्तान्तरण गरिएको ब्यांकले जनाएको छ ।
अध्यक्ष ढकालले ब्यांकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मुलुकमा आइपरेको विपत्तिको सामना गर्न सरकारलाई सहयोग गरेको जानकारी दिए ।