१५ राज्यमन्त्री थपिए, मन्त्रिमण्डल ५० सदस्यीय पुग्यो
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डलमा १५ राज्यमन्त्री नियुक्त गरेका छन् ।
नवनियुक्त राज्यमन्त्रीले आज प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा सपथग्रहण गरेका छन् ।
आज नियुक्त हुने राज्यमन्त्रीमा नेपाली कांग्रेसका तर्फबाट १२ र नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट तीन जना रहेका छन् ।
नवनियुक्त राज्यमन्त्रीहरु
सीता गुरुङः भौतिक पूर्वाधार तथा यातायात
सरिता प्रसाईंः कृषि विकास
शेषनाथ अधिकारीः शिक्षा
नरबहादुर चन्दः वाणिज्य
अब्दुल रज्जाकदीः खानेपानी तथा सरसफाई
तप्तबहादुर विष्टः सूचना तथा सञ्चार
अमरसिंह पुनः सिँचाइ
दिलमान पाख्रिनः कानून, न्याय तथा संसदीय मामिला
उदयशम्शेर राणाः अर्थ
डिल्लीबहादुर चौधरीः श्रम तथा रोजगार
तेजुलाल चौधरीः युवा तथा खेलकुद
चम्पादेवी खड्काः सहकारी तथा गरिबी निवारण
जनकराज चौधरीः संघीय मामिला तथा स्थानीय विकास
सुमित्रा थरूनीः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
यशोदाकुमारी लामाः भूमिसुधार तथा व्यवस्था