बाढी पीडितलाई द ब्रिटिश कलेजको एक लाख
तराईका विभिन्न जिल्लामा बाढीबाट प्रभावितहरुलाई द ब्रिटिश कलेज काठमाडौंले रु एक लाख सहयोग गरेको छ ।
कलेजका विद्यार्थीहरुले बाढी पीडितको लागि शुरु गरेको राहत संकलन अभियानमा कलेजले रु एक लाख सहयोग गरेको हो ।
संकलित रकमबाट विद्यार्थीहरुले खाद्य सामग्री, औषधि, पानी शुद्ध बनाउने सामग्रीहरु तथा लत्ताकपडा खरिद गर्नेछन् ।
द ब्रिटिश कलेजका विद्यार्थीहरुले यसअघि पनि प्राकृतिक प्रकोपको समयमा विभिन्न अभियानहरु सञ्चालन गर्दै आएका छन् ।