पत्रकार महासङ्घको अध्यक्षमा आचार्य निर्वाचित
नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
मतगणनाको परिणामअनुसार आचार्यले ७३२ मत प्राप्त गरी विजयी भएका छन भनेका उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्ष पदका अन्य उम्मेदवारहरु उजिर मगरले ५४, इन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत पाएका छन ।
कूल एक हजार ५०८ मतदाता रहेको निर्वाचनमा एक हजार ४४९ मत खसेको थियो ।
निर्वाचित पदाधिकारीहरुमा खुला उपाध्यक्षतर्फ विपुल पोख्रेल, समावेशी उपाध्यक्ष दिलीप थापामगर, महासचिव रमेश विष्ट, खुला सचिव रामप्रसाद दाहाल, महिला सचिव लक्ष्मी पुन, आदिवासी जनजाति सचिव उदय जिएम, मधेशी सचिव शीतलप्रसाद महतो, दलित सचिव रेमबहादुर विश्वकर्मा, एशोसिएट सचिव प्रकाश थापा र कोषाध्यक्ष राजेश मिश्र बिजयी भएका छन् ।
यस्तै, लेखा समितिको संयोजकमा रोशन पुरी, सदस्यमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य विजयी भएका छन् ।