नेशनल मेडिकल कलेजको सम्बन्धनप्रति चिकित्सक संघको आपत्ति
सरकारले हालै प्रदान गरेको नेशनल मेडिकल कलेजको सम्बन्धनप्रति नेपाल चिकित्सक संघले आपत्ति प्रकट गरेको छ ।
संघले डा. गोविन्द केसी र सरकारबीचको सम्झौता विपरित दिइएको सम्बन्धन खारेज गर्न सरकारसँग माग समेत गरेको छ ।
सरकारले निर्णय नसच्चाए कडा आन्दोलन गर्न बाध्य हुने चिकित्सक संघले चेतावनी पनि दिएको छ ।