लुम्बिनी विकास ब्यांकको रक्तदान कार्यक्रम
लुम्बिनी विकास ब्यांक लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
ब्यांकले लायन्स क्लब इन्टरनेसनल तथा स्थानीय सामाजिक संस्थाहरुसँगको सहकार्यमा टोखा शाखामा कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा ७० जनाले रक्तदान गरेको ब्यांकले जनाएको छ ।
ब्यांकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत थप यस्तै कार्यक्रमहरु आयोजना गर्दै जाने बताएको छ ।