१० मंसिरमा संघ र प्रदेशको निर्वाचन गर्ने सरकारको निर्णय
सरकारले १० मंसिरमा एकैपटक संघ र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले दुबै तहको निर्वाचन एकैपटक गर्ने निर्णय गरेको हो ।
प्रमुख दलहरुको सुझावका आधारमा सरकारले एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
यसअघि निर्वाचन आयोगले दुई चरणमा निर्वाचन गर्नेगरी ४ र २१ मंसिरको मिति प्रस्ताव गरेको थियो ।