रुकुममा भाइरल ज्वरो, चार सय बढी बिरामी
रुकुमको विभिन्न स्थानमा भाइरल ज्वरोको प्रकोप देखापरेको छ ।
काठमाडौंबाट २ साउनमा रोग प्रभावित स्थान खदी पुगेको चिकित्सकको टोलीले भाइरल ज्वरो रहेको पुष्टि गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका नन्दलाल महतोकाअनुसार अहिलेसम्म जिल्लाभर ४५० भन्दा बढी बिरामीको उपचार गरिएको छ ।
दूषित पानी पिउँदा तथा खानपानमा ध्यान नदिँदा ज्वरोको प्रकोप फैलिएको चिकित्सकले बताएका छन् । रासस