थप समाचारशनिवार, भाद्र ३, २०७४

बाराको माछा सुपरजोनमा ५० करोड क्षति

हिमालखबर

बाढीले बगाउँदा बारामा सञ्चालित माछा सुपरजोनमा ५० करोड मूल्य बराबरको क्षति भएको छ ।

बाढीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित माछा सुपरजोनमा करिब सात सय मेट्रिकटन माछा बगाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, इकाइ (माछा सुपरजोन) सिम्रोनगढ बाराकाअनुसार बाढीले करिब सात सय हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरी बगाएको छ ।

माछा सुपरजोन कार्यक्रमअन्तर्गत बाराको सिम्रौनगढ, कचोर्वा, भगवानपुर, विलोनी, पेतपारी गाउँमा एक हजार हेक्टर क्षेत्रफलमा माछा पोखरी खन्ने कामसमेत प्रभावित पारेको छ ।

सरकारले सात प्रदेशमा सात वटा सुपरजोन कार्यक्रम लागू गरेको छ । रासस

प्रतिकृया दिनुहोस