यामाहाको एफजेड–२५
नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले एफजेड–२५ मोटरसाइकल सार्वजनिक गरेको छ ।
एफजेड–२५ मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर सहितको २४९ सीसीको इन्जिन रहेको छ । साथै अल टाइम हेडलाइट अन (एएचओ) प्रविधिको लिड हेडलाइट रहेको छ ।
१४८ केजी वजन रहेकोे एफजी–२५ ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’ गरी तीन रंगमा उपलब्ध छ ।
एमएडब्लु इन्टरप्राइजेजले एफजेड–२५को बजार मूल्य रु. तीन लाख ४४ हजार नौ सय रुपैयाँ तोकेको छ ।