हिमालय एअरलाईन्सको काठमाडौं-दमाम सिधा उडान
हिमालय एअरलाईन्सले १६ भदौदेखि काठमाडौं–दमाम, साउदी अरबमा दैनिक सिधा उडान भर्ने भएको छ ।
हिमालय एअरलाईन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट दैनिक स्थानीय समयअनुसार राति १०:३० मा उडान गर्नेछ । त्यस्तै किङ्गफाद अन्तर्राष्ट्रिय विमानस्थल दमाम साउदीअरबबाट स्थानीय समयअनुसार १:५० मा उडान गर्नेछ ।
काठमाडौं–साउदीअरब यात्रा गर्दा लामो ट्रान्जिट र अन्य समस्याहरुलाई सिधा उडानले समाधान गर्ने हिमालय एयरलाईन्सले जनाएको छ ।
एअरलाईन्सले काठमाडौं-दमामको लागि शुरुआती टिकट दर कर बाहेक रु २३ हजार ८०० तोकेको छ । त्यस्तै दुईतर्फी टिकटको दर ३८ हजार कायम गरेको हिमालय एअरलाईन्सले जनाएको छ ।