३ भदौदेखि विराटनगर विमानस्थलबाट नियमित उडान
विराटनगर विमानस्थल ३ भदौेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ ।
२६ र २८ साउनमा आएको बाढीले विमानस्थल डुबानमा परेपछि विराटनगर विमानस्थलको सम्पूर्ण सेवा अवरुद्ध भएको थियो ।
विमानस्थलमा जमेको हिलो निकाल्नका लागि नेपाली सेना परिचालन भएको छ ।
तर, मौसमले साथ नदिए ३ भदौदेखि पनि नियमित उडान हुन नसक्ने नागरिक उड्डयन कार्यालय, विराटनगरका प्रमुख सुरेशमान सिंहले जानकारी दिए ।
विमान उडान र अवतरणका लागि दिशानिर्देश गर्ने भिओआर उपकरणमा कुनै क्षति नभएकाले रनवेको लेदो पखालेपछि नियमित उडान गर्न सकिने सिंहले बताए । रासस