कला/साहित्यबुधवार, श्रावण ३२, २०७४

जोशीको ‘यात्राः आफ्नै आँगनको’ पुस्तक सार्वजनिक

हिमालखबर

राजनीतिज्ञ एवं लेखक चन्द्रदेव जोशी ‘चन्दा’को पुस्तक ‘यात्राः आफ्नै आँगनको’ सार्वजनिक भएको छ ।

३२ साउनमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्द, वामपन्थी नेता विष्णुबहादुर मानन्धर, पूर्व सभामुख दमनाथ ढुङ्गाना, साहित्यकार तारानाथ शर्मालगायत स्रष्टाहरुले पुस्तक विमोचन गरेका हुन ।

लेखक जोशीको ‘यात्राः आफ्नै आँगनको’ प्रयोगात्मक काव्यमाथि राष्ट्रकवि घिमिरे, साहित्यकार चन्द, साहत्यकार एवं समालोचक शर्मालगायत स्रष्टाहरुले बोलेका थिए ।

काव्य ‘यात्राः आफ्नै आँगनको’ लेखक जोशीको दोस्रो कृति हो । यस अघि २०३६ मा ‘चिप्लिँदै गएका वर्षहरू’ कविता संग्रह प्रकाशन भएको थियो ।

प्रतिकृया दिनुहोस