बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२३ पुग्यो, ३५ वेपत्ता
बाढीपहिरो तथा डुवानबाट मृत्यु हुनेहरुको संख्या १२३ पुगेको छ भने अझै ३५ जना वेपत्ता रहेका छन् ।
गृहमन्त्रालयका अनुसार देशका विभिन्न भागमा बाढीपहिरो र डुवानका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ । बाढीपहिरोबाट ३५ जना वेपत्ता रहेको र ३९ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा उद्धार तथा वेपत्ताको खोजीमा जुटेका छन् ।
गृहमन्त्रालयका सहप्रवत्ता रामकृष्ण सुवेदीका अनुसार बाढी तथा डुवान भएको क्षेत्रमा हेलिकप्टरबाट उद्धार तथा राहत वितरणको काम भइरहेको छ । ३२ साउनमा पनि राहत विरतणको कार्य जारी रहेको जनाएको छ ।