लक्ष्मी ब्यांकको नयाँ शाखा रुपन्देहीको मणिग्राममा
लक्ष्मी ब्यांकले रुपन्देहीको मणिग्राममा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ ।
योसँगै लक्ष्मी ब्यांकको शाखा सञ्जाल ६९ पुगेको छ ।
त्यस्तै ब्यांकले ३ हस्पिटल सेवा काउन्टर, ८८ एटीएम मार्फत सेवा दिइरहेको छ ।
मणिग्राम शाखाबाट ब्यांकले इन्टरनेट तथा मोबाइल ब्यांकिङ सेवासमेत दिनेछ ।
साना व्यवसाय कर्जा र व्यवसायिक कृषिमा मणिग्राम शाखाले विशेष महत्व दिने ब्यांकले जनाएको छ ।