डा.गोविन्द केसीले अनशन स्थगित गर्ने
२३ दिनदेखि अनशनरत डा.गोविन्द केसीले ३१ साउन साँझ ७ बजेबाट अनशत स्थगित गर्ने भएका छन् ।
बाढीपहिरोले देश आक्रान्त भएको जनाउदै डा.केसीले अनशन स्थगित गर्ने जनाएका हुन । अनशन स्थगित गर्ने घोषणा गर्न साँझ ७ बजे पत्रकार सम्मेलन बोलाएका छन् ।
डा.केसीको अनशन तोडाउन सरकारले पनि पहल गरिरहेको छ । डा.केसीका माग पुरा गर्ने विषयमा मन्त्रीपरिषद वैठकमा छलफल चलिरहेको छ ।
-रामु सापकोटा