रौतहटमा १७ को मृत्यु, चार लाख प्रभावित
बाढीले रौतहटमा मात्रै १७ जनाको मृत्यु भएको छ भने दुईजना वेपत्ता भएका छन् ।
३१ साउनसम्म जिल्लाका बिभिन्न भागबाट आएको विवरण अनुसार चार लाख बासिन्दा बाढीले प्रभावित भएको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापाले बताए । चार दिनको अवधिमा जिल्लामा करिब ६० हजार घरपरिवार प्रभावित भएको जनाएको छ ।
बाढीबाट प्रभावितहरुको यकिन हुन सकेको छैन भने तथ्याङ्क भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीपीडितहरुले रातह पाउन नसकेको गुनासो गरेका छन् ।
-सञ्जय मित्र, रौतहट