बाढीका कारण १११ को मृत्यु
बाढीले तराई-मधेशका झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत जिल्लामा १११ को मृत्यु भएको छ ।
व्यवस्थापिका–संसद्को ३१ साउनको बैठकमा जानकारी दिदै गृहमन्त्री जनार्दन शर्माले बाढीबाट ती जिल्लाका ८० प्रतिशत भूभागका साथ हजारौं घर डुबानमा परेको, ३५ जना हराइरहेको र हजारौं बासिन्दा विस्थापित भएको बताए । उनले डुबान क्षेत्रमा हेलिकप्टरका माध्यमबाट राहत वितरण अगाडि बढेको बताएका छन् ।
त्यस्तै गृहमन्त्री शर्माले बाढीबाट मृत्यु भएका परिवारलाई रु. दुई लाख र घर मर्मत गर्न रु.दश हजार वितरण गर्न थालिएको जानकारी दिँदै बाढीपीडितलाई ३२ साउनसम्म व्यवस्थापन गरिसकिने बताएका छन् ।
मन्त्री शर्माले बाढीपीडित परिवारमा रोगको संक्रमण नफैलियोस् भन्नाका लागि जनसंख्याका आधारमा चिकित्सक परिचालन तथा क्षतिग्रस्त भौतिक संरचनाको विवरण लिन सुरु गरिएको बताए ।