बाढीको कहर
बाढीपहिरोको कारण चार दिनमा देशभरी ९१ जनाको मृत्यु भएको छ भने ३८ जना वेपत्ता छन् ।
गृहमन्त्रालयको ३१ साउन बिहानसम्मको विवरण अनुसार बाढीपहिरोमा परी २५ जना घाइते भएका छन् । त्यस्तै दुई हजार ८४७ घर पूर्ण रुपमा र तीन हजार ७२७ घर आंशिक रुपमा क्षति भएका छन । बाढी प्रभावितहरु शिविरमा बसिरहेका छन् भने तराई-मधेशका कयौं गाउँ अझै पनि डुबानमा छन् ।
हिमालका फोटोपत्रकार बिक्रम राईले सप्तरी र धुनषाका बिभिन्न गाउँ पुगेर खिचेका तस्वीरहरु: