थप समाचारसोमबार, ३० श्रावण , २०७४

डा. केसीको समर्थनमा पोखरामा रिले अनशन

हिमालखबर

२२ दिनदेखि अनशनरत डा.गोविन्द केसीको समर्थनमा पोखरामा पनि ३० साउनदेखि रिले अनशन सुरु भएको छ ।

अनशन बसेको २२ दिन वितिसक्दा पनि सरकारले वास्ता नगरेपछि डा.केसीको समर्थनमा रिले अनशन सुरु गरिएको नागरिक समाज, पोखराका अध्यक्ष रामबहादुर पौडेलले बताए ।

पहिलो दिन अध्यक्ष पौडेलसहित प्राध्यापक संघ, कन्या क्याम्पसका अध्यक्ष इन्द्रकमल मानन्धर, मानव अधिकार तथा शान्ति समाज, कास्कीका अध्यक्ष धिरज थापा र राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति, नेपालका सुनिल पाण्डे रिले अनसनमा बसेका छन् ।

अनशनमा स्वयंसेवी मानव अधिकार रक्षक सञ्जाल, आमा समूह, पर्यटन व्यवसायी, सञ्चारकर्मी, युवा क्लबहरु लगायतले एक्यबद्धता जनाएका छन् ।

यस अघि नागरिक समाज, पोखराले १० हजार हस्ताक्षर संकलन गरेर डा. केसीको माग तत्काल पुरा गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको थियो ।
-युवराज श्रेष्ठ, पोखरा

प्रतिकृया दिनुहोस