धुर्मुसको टोली राहत वितरणमा
बाढीपीडितहरुलाई राहत वितरणमा खटिएका सिताराम कट्टेल (धुर्मुस)ले धनुषाको जनकपुर क्षेत्रमा राहत विरतण गरेका छन् ।
३० साउनमा धुर्मसको टोलीले जनकपुरको धराजभन टोलका ८८ परिवारलाई राहत सामग्री वितरण गरेको छ । उनीहरुलाई खाद्यान्न, औषधिलगायतका सामग्री वितरण गरिएको उनले बताए ।
जलाद नहरले त्यहाँका ८८ परिवार डुबानमा परेका थिए । उनलाई राहत बितरणमा सामाजिक भियान्ता रामआशिष यादव, होटल व्यवसायि संघका अध्यक्ष हिरा गौतमलगायतले सघाएका छन् ।
२९ साउन साँझ उनले महोत्तरीको भंगामा ३७ परिवारलाई राहत वितरण गरेका थिए । जनकपुरपछि अब राहत वितरणका लागि सप्तरी टोलीसहित सप्तरी जान लागेको जान धुर्मुसले बताए । ३१ साउनमा सुनसरीका बाढी पीडितलाई राहत वितरण गर्ने उनको कार्यक्रम रहेको छ ।