नारायणगढ-मुग्लिन सडक सुचारु
नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालन भएको छ ।
सो सडकखण्डअन्तर्गत पाँचकिलोमा २९ साउन राति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार राति १० बजेबाट सो ठाउँमा पहिरो खसेको हो ।
रातको समयमा पन्छाउन नसकेपछि ३० साउन बिहानबाट पहिरो हटाउन शुरु गरिएको थियो । पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।