गुडिरहेको बसमा ढुङ्गा खस्दा एकको मृत्यु, ११ घाइते
सल्यानको कपुरकोट गाउँपालिका–३ गोठरीमा गुडिरहेको बसमा ढुङ्गा खस्दा एक यात्रुको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
सल्यान सदरमुकाम खलंगाबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको ना ३ ख ३२३० नम्बरको गाडिमा ढुङगा खसेको हो । ढुङगाले लागेर बस सडकबाट करीब १५ मीटर तल गोठरी खोलामा खसेको छ ।
मृतकको सनाखत हुन सकेको छैन् । घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।