महान्यायाधीवक्ता श्रेष्ठले राजीनामा दिए
महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा नियुक्त भएका श्रेष्ठ शेरबहादुर देउवा प्रधानमन्त्री भइसक्दा पनि पदमा बहाल नै थिए ।
सरकारको नेतृत्व परिवर्तनसँगै महान्यायाधीवक्ताले पनि राजीनामा गर्ने प्रचलन छ । तर, श्रेष्ठले आफूले प्रधानमन्त्री देउवाकै सल्लाह अनुसार राजीनामा दिन ढिलाई गरेको बताएका छन् ।
उच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयलाई लिएर इजलाश बहिस्कार गर्ने, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउने लगायतका विषयमा उनले भूमिका खेलेका थिए ।