गर्भवती लिएर अस्पताल जाँदै गरेको जीप डुब्दा एकै परिवारका पाँच जनाको मृत्यु
गर्भवती महिलालाई लिएर अस्पताल जाँदै गरेको जीप रौतहटमा बाढीमा डुब्दा ६ जनाको मृत्यु भएको छ ।
रौतहटको परोरा–३ लौकहाबाट गर्भवतीलाई लिएर अस्पताल जाँदै गरेको जीप फरहदवा चौक नजिकै बाढीले कटान गरेको सडकको खाल्डोमा परी डुब्दा दुर्घटना हुन पुगेको हो । ज्यान गुमाउने मध्ये पाँच जना एकै परिवारका हुन् ।
स्थनीय चन्दनकिशोर यादव, चन्दनकी गर्भवती श्रीमती, आमा, भाउजु र छोरी साथै उनीहरुकै आफन्त सरोजकुमार यादवको अस्पताल पुग्नै लाग्दा २९ साउन विहान डुबेर मृत्यु भएको र एकजनाको भने जीवितै उद्दार हुन सकेको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाले रौतहट सम्पूर्ण डुवानमा परेको छ । लालबकैया नदीको तटबन्द भत्केर बाढी गाउँमा पसेको छ भने झाँझ, बागमती र चादी नदीको बाढी समेत बस्तीमा पस्दा गौर नगरपालिका लगायतका सम्पूर्ण वस्ती डुवानमा छन् ।