सौराहामा बाढी, अधिकांश होटल डुवानमा
चितवनको पर्यटकीय क्षेत्र सौराहामा बाढी पसेको छ ।
राप्ती नदीको बाढीका कारण सौराहाका अधिकांश होटल डुवानमा परेका छन् ।
डुवान क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
यसैगरी, राप्ती, कयरखोला, लदरी, पम्फाखोलाको बाढी गाउँ पसेपछि पूर्वी चितवनको खैरहनी, पर्सा, भण्डारा र रत्ननगरलगायतका क्षेत्रसमेत डुवानमा परेका छन् ।
नारायणी, राप्ती, रिउलगायतका नदीमा पानीको सतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैमा अपिल गरेको छ । रासस