बाढी पहिरोबाट कम्तिमा २९ को मृत्यु
अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट देशका विभिन्न स्थानमा २९ जनाको मृत्यु भएको छ ।
गृहमन्त्रालयका अनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशभर २९ जनाको मृत्यु भएको छ ।
गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रहरुमा उद्दार र राहतका लागि विमान स्थलमा खाद्य तथा उद्दार सामाग्रीहरु तयार पारिए पनि प्रतिकुल मौसमका कारण हेलिकप्टर उड्न नसक्दा ती सामाग्री लैजान नसकिएको बताए ।