थप समाचारशनिवार, श्रावण २८, २०७४

डा. केसीको समर्थनमा वीरगञ्जमा रिले अनशन शुरु

हिमालखबर

डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आजदेखि वीरगञ्जको माइस्थानमा सचेत नागरिक वीरगञ्जले रिले अनसन शुरु गरेको छ ।

तस्वीरः जियालाल साह

नारायणी उपक्षेत्रीय अस्पताललगायतका सरकारी अस्पतालका चिकित्सक तथा निजी क्लिनिकका सञ्चालकहरुले केसीको समर्थनमा अनशन शुरु गरेका हुन ।

डा. केसीका माग पुरा गर्न दबाब दिने उद्देश्यले वीरगञ्जका सम्पूर्ण सरकारी तथा निजी अस्पतालले आकस्मिक बाहेकका सेवासमेत बन्द गरेका छन् ।

नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकहरुले हातमा कालोपट्टी बाँधेर अकस्मिक सेवा दिइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरन्जन साहले जानकारी दिए ।

जियालाल साह, पर्सा

 

प्रतिकृया दिनुहोस