डा केसीको समर्थनमा हजारौं सडकमा (हेर्नुहोस ८ तस्वीर)
तस्वीरहरु: गोपेन राई
२० दिनदेखि अनशनरत डा गोविन्द केसीको समर्थनमा आज काठमाडौंमा प्रदर्शन भएको छ ।
चिकित्सक, विद्यार्थी, अधिवक्ता, व्यवसायी लगायत समाजका हरेक तप्का सहभागी हजारौंको जुलुश माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म पुगेर सभामा परिणत भएको थियो ।
प्रदर्शनमा प्रमुख राजनीतिक दलहरु र सांसदविरुद्ध चर्को नारबाजी भएको थियो । माथेमा कार्यदलको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्न प्रदर्शनकारीहरुले आग्रह गरेका थिए ।
जुलुशमा सहभागीहरुले ‘कान खोली सुन ओली देउवा प्रचण्ड, माफियाको मोहले देश हुन्न सम्पन्न’, ‘६०१ लाई भत्ता, चिकित्सा ऐन वेपत्ता’, ‘माफियाहरु देश घेर्दै, ६०१ के हेर्दै ?’, ‘सरकारको भुटुनमा माफियाको तरकारी’, ‘गोविन्द केसीको अनशन, माफियालाई टेन्सन’, ‘वी आर वीथ गोबिन्द केसी’, ‘माथेमा प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर’ जस्ता नारा लगाएका थिए ।
नारा लेखिएका सेता टोपी लगाएका जुलुशमा सहभागीमध्ये अधिकांशले प्लेकार्ड समेत बोकेका थिए ।