डा केसीको जीवन रक्षा गर्न एम्नेष्टी इन्टरनेशनलको माग
मानवअधिकारको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था एम्नेष्टी इन्टरनेशनलले डा केसीका माग पूरा गरी उनको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।
एम्नेष्टीको दक्षिण एशिया क्षेत्रिय निर्देशक बृज पटनायकले जारी गरेको विज्ञप्तिमा नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि डा केसीले उठाएका मुद्दा नेपालको संविधानले सुनिश्चित गरेको जनताको मौलिक अधिकारको विषय रहेको सरकारलाई स्मरण गराइएको छ ।
सरकारले नै गठन गरेको डा केदारभक्त माथेमा नेतृत्वको कार्यदलको प्रतिवेदनका आधारमा नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुनुपर्ने डा. केसीको माग रहेको र यो मागप्रति उल्लेख्य जनसमर्थन रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।