चिकित्सा शिक्षा विधेयक समितिबाट पारित
संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेको छ ।
समितिले यसअघि नै आशयपत्र पाइसकेका मेडिकल, डेन्टल र नर्सिङ कलेजले सम्बन्धन नपाउने वा पाउने भन्ने सबैभन्दा बढी विवाद गरिएको बुँदामा ‘आवश्यक पर्ने पूर्वाधार तथा मापदण्ड पूरा गरिसकेका’ संस्थालाई सम्बन्धन दिन सकिने गरी सच्याएको छ ।
मापदण्ड, ऐन बनिसकेपछि प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने चिकित्सा शिक्षा आयोगले तोके बमोजिम हुनेछ ।
आशयपत्र नपाएका हकमा भने १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न पाइने छैन ।
यसैगरी समितिले विधेयकको प्रस्तावनामा नै ‘माथेमा कार्यदलको भावना र मर्म अनुसार हुनेगरी’ भन्ने वाक्यांश थपेको छ ।
अब यो विधेयक संसदको पूर्ण बैठकबाट पारित भएपछि ऐन बन्ने छ । विधेयक आजै संसदमा पेश गर्ने तयारी छ ।