डा.केसीका माग सम्बोधन गर्ने सहमति
प्रधानमन्त्री शेरबहादुर देउवाले २७ साउनमा बालुवाटारमा बोलाएको बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने र डा।गोविन्द केसीको अनशन तोड्ने विषयमा सहमति भएको छ ।
केदारभक्त माथेमा नेतृत्वको आयोगले सिफारिस गरे अनुसार विधेयक पारित गर्ने सहमति भएको जनाएको छ । त्यस्तै सरकारबाट यस अघि नै मनसायपत्र पाइसकेका मेडिकलले आयोगले तोकेको मापदण्ड पुरा गरेपछि अनुमति दिने सहमित भएको छ । यस विषयमा अनशनरत डा.केसीसँग छलफल हुन भने बाँकी रहेको छ ।
यसैगरी १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज नखोल्ने विषयमा पनि सबै सहमत भएका छन् ।
वैठकमा प्रधानमन्त्री देउवा, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संसदको महिला, बालबालिका तथा समाज कल्याण समिति संयोजक रञ्जु झा, केदारभक्त माथेमा लगायत कार्यदलका सदस्यहरु सहभागि रहेका थिए ।