चिकित्सक र विद्यार्थीद्वारा बालुवाटार घेराउ
डा गोविन्द केसीका माग पूरा गराउन दबाब दिंदै आएका चिकित्सक र विद्यार्थीहरुले आज प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् ।
डा केसी अनशन बसिरहेको स्थल त्रिवि शिक्षण अस्पतालबाट निस्किएको र्यालीमा चिकित्सक, विभिन्न मेडिकल कलेजका विद्यार्थी र सर्वसाधारणको सहभागिता छ ।
मुलुकको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि डा केसीले राखेका मागहरुलाई सरकारले बेवास्ता गरेको उनीहरुको आरोप छ ।
यसैबीच सरकारी चिकित्सक संघले मुलुकभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवामा सहभागी नहुन आह्वान गरे अनुसार अधिकांश सरकारी अस्पतालमा सेवा ठप्प भएको छ ।