पर्साः सडक निर्माणका क्रममा खनिएको खाल्डोमा परेर बालकको मृत्यु
पर्साको छिपहरमाई गाउँपालिका– ४ तुलसीबार्वामा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
स्थानीय जोखन साहका छोरा– ६ वर्षीय रुपेस साहको पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
उनको घर नजिकै सडक निर्माणका क्रममा एक्साभेटरले खनेको खाल्डोमा पानी जमेको छ, प्रहरीका अनुसार त्यही सडकमा हिडदै गरेका बालक
चिप्लिएर खाल्डोमा परेका थिए । प्रहरी नायब उपरीक्षक चक्रराज जोशीका अनुसार त्यसबेला बालकको घरका सबैजना काममा बाहिर थिए ।
बालकको शव पोस्टमार्टमका लागी वीरगंजस्थित नारायणी उप–क्षेत्रिय अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।
जियालाल साह, पर्सा