सप्तरीः खाडोको तटबन्ध भत्किंदा वस्ती जलमग्न, एकजना वेपत्ता
दुई दिनदेखिकोे अविरल वर्षाका कारण सप्तरीको विभिन्न ठाउँ जलमग्न भएको छ ।
प्रत्येक वर्ष दुःख दिंदै आएको खाँडो खोलाको तटबन्ध बिभिन्न ठाउँमा भत्किँदा मानव वस्तीमा बाढी पसेको छ । तटबन्ध भत्केर आएको बाढीको चपेटामा परेका एक व्यक्ति वेपत्ता भएका छन् ।
तटबन्ध मर्मतको प्रयासमा रहेका राजविराज १५ देउरी भरुवाका डोमी यादव वेपत्ता भएका हुन् ।
देउरी भरुवामा झण्डै ३० मिटर तटबन्ध भत्किएको छ । घरमा घरमा पानी पस्न थालेपछि स्थानीय त्रसित भएका छन् ।
घट्नास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोली पुगे पनि पानीको तीव्र बहावका कारण रोकथामको काम गर्न सकिने अवस्था छैन ।
खाँडो खोलाको तटबन्ध राजविराज १० बिरौलमा पनि भत्किएर धान खेतमा बाढी पसेको छ ।
खाँडो खोलाकै बाढीका कारण तिलाठी, सकरपुरा, को. बर्साइनसहितका गाविस पनि जलमग्न भएका छन् ।
श्रवणकुमार देव, राजविराज